ह्वाट्सएपमा ह्याकद्वारा जासुसी सफ्टवेयर प्रयोग गरी दुरुपयोग

आजभोलि

ह्वाट्सएपमा ह्याकद्वारा जासुसी सफ्टवेयर प्रयोग गरी दुरुपयोग

इन्टरनेटमा सन्देश आदानप्रदान गर्न प्रयोग हुने ह्वाट्सएपमा विद्यमान एउटा कमजोरीलाई दुरुपयोग गरेर ह्याकरहरूले फोन र अन्य उपकरणहरूमा जासुसी सफ्टवेयर राख्न सफल भएको बताइएको छ ।

फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपका अनुसार सो आक्रमणले केही निश्चित प्रयोगकर्तालाई लक्षित गरेको र यो काम कुनै दक्ष साइबर विज्ञले गरेको हो । ह्वाट्सएपले विद्यमान कमजोरीलाई हटाउन सो एपको अपडेट उपलब्ध गराएको छ । उसले आफ्ना सबै एक अर्ब ५० करोड प्रयोगकर्तालाई एप अपडेट गर्न भनेको छ । फाइन्यान्शल टाइम्सले लेखेअनुसार सो कार्य इजरायलमा आधारित एनएसओ समूहले गरेको हो ।

सो आक्रमणबारे पहिलो पटक मे महिनामा थाहा भएको थियो । ह्वाट्सएपले कति प्रयोगकर्ता प्रभावित भए भनेर भन्न सकिने अवस्था नभएको भन्दै यो आक्रमणको लक्ष्यमा निश्चित व्यक्तिहरू परेको हुन सक्ने बताएको छ ।

  • ३१ बैशाख २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !