अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले अमेरिकाले इरानसँग युद्ध नचाहेको बताएका छन् ।
अमेरिका र इरानबीच तनाव बढ्दै गएका बेला विदेश मन्त्री पोम्पेओको यस्तो भनाई आएको हो । रुस भ्रमणमा रहेका बेला अमेरिकी विदेश मन्त्री पोम्पेओले इरानले सामान्य व्यवहार गरोस् भन्ने मात्रै चाहेको बताएका हुन् ।
तर इरानले आक्रमण गरेमा त्यसको प्रतिकार भने गर्ने पोम्पेओले चेतावनी दिएका छन् । यसैबीच इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले पनि अमेरिकासँग कुनै युद्ध नहुने र युद्धको अवस्था नरहेको बताएका छन् । तनाव बढ्दै गएका बेला गएको हप्ता अमेरिकाले खाडी क्षेत्रमा लडाकु पानी जहाज र लडाकु विमान तैनाथ गरेको थियो ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका अमेरिकी विदेश मन्त्री पोम्पेओले रुसी शहर सोचीमा अमेरिका ‘आधारभूत’ रुपमा युद्धको पक्षमा नरहेको बताएका हुन् । तर इरानले आक्रमण गरेमा त्यसको जवाफ भने दिने उनले बताएका हुन् ।