तान्जानियाको दक्षिणपश्चिमी क्षेत्रमा अत्यधिक बर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
बर्षाकै कारण अरु दुई हजार ५०० भन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
एमबेया क्षेत्रमा पर्ने क्येलामा घटना भएको क्येला जिल्लाका कार्यकारी अधिकृत सालोम मागाम्बोले बताउए।
उनले कतिपय व्यक्तिहरुलाई माथिल्लो भागमा घर भएका आफन्त र साथीहरुले आश्रय दिएको पनि जानकारी दिए ।