मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुद्वारा प्रदर्शन, विधेयक तत्काल फिर्ता लिन माग

आजभोलि

मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुद्वारा प्रदर्शन, विधेयक तत्काल फिर्ता लिन माग

संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारहरुले नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।

पहिलो चरणको आन्दोलनको अन्तिम दिन शुक्रबार पत्रकारहरुले आफ्ना सञ्चार साधनसहित प्रदर्शन गरेका हुन् ।

विधेयकका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ यतिबेला आन्दोलित छ । महासंघको अगुवाइमा भएको प्रदर्शनमा नागरिक समाजका अगुवा तथा आम सर्वसाधारण पनि सहभागी थिए ।

प्रदर्शनमा सहभागीहरुले मुखमा कालोपट्टी बाँध्नुका साथै प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारसम्बन्धी विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

काठमाडौंबाहिर पनि जिल्ला सदरमुकाममा पत्रकारहरुले सञ्चार साधनसहित प्रदर्शन गरेका छन् ।

  • ३ जेष्ठ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !