यमनमा पछिल्ला दुई दिनमा भएका विभिन्न घटनामा परी कम्तीमा ८३ जना मारिएका छन् ।
द्वन्द्वग्रस्त अरबी मुलुकमा मारिनेमा यमनी र विषेश गरी हुथी विद्रोही लडाकूहरु रहेका अधिकारीहरुले जानकारी दिएका छन् । हुथीहरुले विषेश गरी तीन बन्दरगाहलाई प्रयोग गर्ने गरेको बताइएको छ ।
संयुक्त राष्ट्रसंघीय अधिकारीहरुको पहलमा शान्ति सम्झौताको पहल भइरहेका बेला हिंसात्मक घटना भने जारी रहेका छन् । हुथी विद्रोहीहरुले आफ्ना दुई वटा ‘अराम्को पम्पीङ स्टेशन’ मा पनि आक्रमण गरेको साउदी अरबले बताएको छ ।
साउदी अरब नेतृत्वको गठबन्धनको सहयोग र समर्थन पाएको यमनी सरकारले हुथी विद्रोही विरुद्ध कारबाही चलाइरहेको छ ।