अष्ट्रेलियाको प्रधानमन्त्रीमा पुनः स्कट मोरिसन निर्वाचित भएका छन् ।
कन्जरभेटिभ गठबन्धनलाई नै चुनेको भन्दै मोरिसनले मतदातालाई धन्यवाद दिएका छन् । अष्ट्रेलियाको लेबर पार्टीका नेता बिल शोर्टनले आफ्नो पार्टीको पराजयलाई स्वीकार गरेका छन् ।
उनले पार्टीको नेताको रुपमा आफूले पदबाट राजीनामा दिने घोषणा गरेका बीबीसीले जनाएको छ । अष्ट्रेलियामा आम चुनावका लागि शनिबार मतदान भएको थियो । १ दशमलवव ६४ करोड मतदाताले आफ्नो नेता चुन्न भोट हालेका थिए ।
चुनावको अन्तिम परिणाम आउन भने अझै बाँकी छ । तर ७० प्रतिशत मत गणना सकिँदा गठन्बन स्कट मोरिसनको जित पक्का भएको छ । बहुमतका लागि ७६ सिट आवश्यक पर्दछ । मोरिसन अझै ७४ सिटमा अगाडि छन् ।
यसैगरी लेबर पार्टी ६६ सिटमा अगाडि छ । यसलाई मोरिसनको चमात्कारित जित मानिएको छ । किनभने मत सर्वेक्षणहरुमा लिबरल नेशनल गठबन्धन झण्डै बहुमत ल्याउने नतिजाहरु सार्वजनिक गरिएको थियो ।