एकात्मक राज्य नै ठीक भन्नेहरु सल्बलाउन सक्दैनन् : प्रचण्ड

आजभोलि

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिले एकतावद्ध भएर उदेश्य प्राप्तिका लागि मेहनत गर्न जरुरी रहेको बताएका छन् ।

ललितपुर महानगरपालिका वडा न २६ को ढोलाहिटीको नवर्निमति भवन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले संघीयतामा तीन तहको सरकार सिंहदरवारको अधिकार गाउँतहसम्मै पुर्याउने उद्देश्यका साथ निर्माण गरिएकोले जनप्रतिनिधिले जनताको मन जितेर काम गर्नुपर्ने बताए । उनले भने, ‘जनतालई राम्रो सेवा सुविधा दियौं भन्ने प्रमाणित गर्नु आवश्यक छ ।

सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजना अन्तर्गतकै तीन तहको सरकार बनेको हो । यो स्थानिय तह जनताको सेवा सुविधाका लागि हो, । यहाँको जनप्रतिनिधिले जनताका बीचमा आफूलाई काम गरेको प्रमाणित गर्नुपर्छ ।’

उनले स्थानीय जनप्रतिनिधिलाई जनताको मन जितेर काम गर्न निर्देशन दिए । उनले केन्द्रिकृत संरचनामा रहेको सिंहदरबारबाट जनताले सेवा लिन नसकेको ठानी तीन तहको सरकार बनाएको पनि स्पष्ट पारे । बजेट र पूर्वाधारको अभावले अपेक्षा अनुसार प्रत्यक्ष रुपमा सेवा प्राप्त गर्न नसकेपनि अब भने सबैको ध्यान त्यसैमा केन्द्रीत गर्नुपर्ने उनको भनाई थियो ।

अहिले ऐन नियम बनिनसकेको र अभाव रहेकै वेला हिजोको एकात्मक राज्य नै ठीक भन्नेहरु अलि अलि सल्वलाउन थालेपनि क्रमशः विकास निर्माणले गति लिन थालेकोले जनताको अपेक्षा अनुसारको काम हुँदै जान थालेको उनले बताए ।

आफूले ललितपुरमै बसेर विद्रोहको तयारी गरेको, शान्ति प्रक्रियापछि पनि ललितपुरमै बसेको र अहिले ललितपुरमै आफ्नो बसाईरहेकोले पनि ललितपुर जिल्लासँग भावनात्मक सम्बन्ध रहेको उनको भनाई थियो ।

  • ५ जेष्ठ २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !