तराईका विभिन्न ठाउँमा चलेको तातो हावाका कारण जनजीवन प्रभावित भएको छ ।
गर्मी बढेसँगै ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला लाग्ने लगायत समस्या देखिन थालेको छ । गर्मी बढ्दै जाँदा दिउँसोको समयमा स्थानीयहरु घर बाहिरसमेत निस्कन सकेका छैनन् ।
बाँके, बर्दिया, रुपन्देही, भैरहवा, धनगढी लगायतका तराईका धेरैजसो ठाउँमा तातो हावा चल्दा बालबालिका, वृद्धवृद्धा र दैनिक काममा हिड्नेहरुको दैनिकी प्रभावित भएको छ । उनीहरुले आफुलाई चाहिने सामानको जोहो बिहान र बेलुकाको समयमा गर्ने गरेका छन् ।
यस्तै तराईका क्षेत्रमा मात्र नभई देशका अरु ठाउँमा पनि तापक्रम बढेको छ । यसैबीच सोमबार बेलुका देशको पहाडी भेगमा मौसम बद्ली भई मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।