आफूहरु भूलबस स्वतन्त्र तिब्बत सम्बन्धी सम्मेलनमा भाग लिग पुगेको मियाँ र यादवको स्पष्टोक्ति

आजभोलि

आफूहरु भूलबस स्वतन्त्र तिब्बत सम्बन्धी सम्मेलनमा भाग लिग पुगेको  मियाँ र यादवको स्पष्टोक्ति

प्रतिनिधिसभाका सांसदद्वय एकवाल मियाँ र प्रदीप यादवले अज्ञानतावश ’स्वतन्त्र तिब्बत’को वकालत गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पुगेको स्पष्टिकरण दिएका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै सांसदद्वय मियाँ र यादवले जानाजान नभई अज्ञानतावश लाट्भियाको राजधानी रिगामा भएको स्वतन्त्र तिब्बतको वकालत गर्ने ’तिब्बतबारे सातौँ विश्व संसदीय सम्मेलन’मा भाग लिन पुगेको प्रष्टिकरण दिएका हुन् ।

सांसदद्वय मियाँ र अन्सारीले व्यक्तिगत भ्रमणमा टर्की, स्वीजरल्यान्ड र लाट्भिया गएका थिए । त्यही अवसरमा लाट्भियामा भएको उक्त सम्मेलनमा भाग लिन पुगेको भन्दै क्षमायाचनासमेत गरेका छन्। मियाँ राष्ट्रिय जनता पार्टी, नेपालका सांसद हुन् भने यादव समाजवादी पार्टी, नेपालका सांसद हुन् ।

दुवै पार्टीले उनीहरू स्वतन्त्र तिब्बतसम्बन्धी कार्यक्रममा सहभागी भएको भन्दै प्रष्टिकरण दिन भनेको भनेका थिए । विज्ञप्तिमा नेपालको संविधान प्रचलित कानुनले निर्धारण गरेका अन्तर्राष्ट्रिय सम्बन्ध तथा नेपाल सरकारको एक चीन नीतिप्रति सदैव प्रतिवद्धता र दृढ समर्थन रहेको कुरा हृदयदेखि नै व्यक्त गर्न चाहन्छौँ भनिएको छ ।

उक्त सम्मेलन बैशाख २४ देखि २७ गतेसम्म आयोजना भएको थियो । जसमा स्वतन्त्र तिब्बतसम्बन्धी कार्यपत्रहरूमा छलफल भएको थियो ।

  • ६ जेष्ठ २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !