साइबर अपराधबाट छोराछोरीलाई टाढा राख्न नायव महानिरीक्षकको सुझाव

आजभोलि

साइबर अपराधबाट छोराछोरीलाई टाढा राख्न नायव महानिरीक्षकको सुझाव

बलराम प्यासी
काठमाडौं । पछिल्लो समयमा साइबर अपराधमा केटाकेटी, किशोरकिशोरी र युवायुवतीको बढी संलग्नता देखिन थालेकोले यसबाट आफ्ना छोराछोरीलाई टाढा राख्न अभिभावकहरुलाई नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकारीले सुझाव दिएका छन् ।

नेपाल प्रहरीले अघि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काव्य स्कुल नयाँबानेश्वरले सोमबार उपत्यकामै पहिलोपल्ट आयोजना गरेको अभिभावक र विद्यार्थी प्रशिक्षण कार्यक्रममा बोल्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजि) शैलेश थापा क्षेत्रीले अभिभावकलाई सो कुरा सुझाएका हुन् ।

काव्य स्कुलमा गठन गरिएको काव्य स्कुल–प्रहरी समन्वय समिति, महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर तथा सामुदायीक प्रहरी सेवा केन्द्र बानेश्वर १० को संयुक्त आयोजनामा भएको सो प्रशिक्षण कार्यक्रममा डिआइजि थापाले सामाजिक सञ्जालमार्फत विद्यार्थीले एकआपसमा जिस्क्याउने, हेप्ने, गाली गर्ने, धम्क्याउने जस्ता साइबर बुलिङ्गको कारण पछिल्लो समयमा विद्यार्थीहरु मानसिक तवान झेल्न वाध्य हुँदै आत्महत्यासम्म गर्ने गरेको पाइएको तथ्य सर्वाजनिक गरे ।

अभिभावकहरुले आफ्ना छोराछोरीलाई मोवाइल चलाउन र सामाजिक सञ्जाल चलाउन रोक्ने होइन एउटा निश्चित समयमा चलाउन दिने तर त्यसको नियमित रुपमा अनुगमन गरिराख्न पनि उनले अभिभावकहरुलाई सुझाव दिए ।

मिलुन्जेल जस्तोसुकै पनि तस्वीर साटासाट गर्ने र नमिल्दाखेरी त्यही तस्वीरलाई सामाजिक सञ्जालको दुरुपयोग गरी सार्वजनिक गर्ने गरेको कारणले अपराधिक घटनामा वृद्धि भएको बताउँदै नायव महानिरीक्षक थापाले सामाजिक सञ्जाल चलाउने छोराछोरीले पनि आफ्नो पासवर्ड केटा या केटी साथीलाई नभई आफ्ना बाबुआमासंग शेयर गर्न पनि आग्रह गरे ।

पछिल्लो समयमा साइत्रर अपराधका घटनामा वृद्धि भएकोले यसको तत्कालै सम्वोधन गर्नका लागि नेपाल प्रहरीले गत अप्तादेखि काठमाडौंको भोटाहिटीमा साइबर ब्युरो नै स्थापना गरेको जानकारी दिँदै यस्ता समस्या देखा परेमा सो ब्युरो या नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा टेकु र केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जमा तत्काल उजुरी दिन पनि आग्रह गरे ।

नेपाल प्रहरीको पछिल्लो तथ्यांक हेर्दा नावालिक छोरीदेखि वृद्धा आमासमेत आफ्नै बाबु र आफन्तहरुबाटैै वलात्कृत हुन परिरहेको सन्दर्भमा कसलाई विश्वास गर्ने कसलाई विश्वास नगर्ने भनेर सबैजना अन्यौलमा परेको पनि नायव महानिरीक्षक थापाले बताए ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक थापाले काव्य स्कुलले समुदाय प्रहरी साझेदारी कार्यक्रममा विशेष योगदान गरेको भन्दै महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको तर्फबाट काव्य स्कुललाई प्रशंसापत्र पनि वितरण गरे । नायव महानिरीक्षक थापाले विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटालाई सो प्रशंसापत्र प्रदान गरेका थिए भने संस्थापक प्रिन्सिपल बास्कोटाले नायव महानिरीक्षक थापालाई विद्यालयको तर्फबाट सम्मान गरेका थिए ।

कार्यक्रममा विद्यालयको तर्फबाट महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्ले, पत्रकार बलराम प्यासी तथा सामुदायीक प्रहरी सेवा केन्द्र बानेश्वर १० का इन्चार्ज प्रहरी हवल्दार ताराराम दयाललाई सम्मान गरेका थिए भने विभिन्न विभिन्न विद्यालयका प्रिन्सिपलहरुलाई उपहार प्रदान गरेका थिए ।

त्यस अवसरमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्ले तथा विद्यालयका संस्थापक प्रिन्सिपल बास्कोटा, संस्थापक निर्देशक धर्मेन्द्रप्रकाश राजभण्डारीले विद्यालयमै विद्यार्थी र अभिभावकलाई साइबर अपराध लगायत लागुपदार्थ दुव्र्यसन, सडक सुरक्षालगायत अपराध र प्रहरीसंग सम्वन्धित धेरै विषय जानकारी गराउँदा विद्यार्थी र अभिभावक समयमै सचेत भई समाजमा अपराधिक गतिविधि घट्ने विचार व्यक्त गरे ।
कार्यक्रममा विद्यार्थीहरुले गीती नाटकमार्फत नेपाल प्रहरीको सेवाबारे नाटक मञ्चन गरेका थिए ।

  • ६ जेष्ठ २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !