अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानसँग द्वन्द्व बढेमा अमेरिकाले ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।
ट्विट गर्दै राष्ट्रपति ट्रम्पले ‘यदि इरान लड्न चाहन्छ भने त्यो इरानको औपचारिक रुपमा अन्त्यको घोषणा हुने बताएका हुन् । अमेरिकाले पछिल्ला दिनहरुमा थप युद्धपोत र जहाजहरु खाडी क्षेत्रमा पठाएको छ ।
यद्यपि युद्धको सम्भावना टरेको बताइएपनि पछिल्लो पटक ट्रम्पको ट्विटले अमेरिकाको आवाज फेरिएको संकेत गरेको छ । एक दिन अघि मात्रै ट्रम्पले आफूले इरानलाई द्वन्द्वमा धकेल्न नचाहेको बताएका थिए ।