आगामी बर्षको बजेटले देश विकासको गियर बढाउँछः प्रधानमन्त्री

आजभोलि

आगामी बर्षको बजेटले देश विकासको गियर बढाउँछः प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन् ।

धादिङको गल्छीमा सोमबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

“जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत हुन्छ । यसले देश विकासको गियर परिवर्तन गर्छ ” प्रधानमन्त्रीले भने, “देश विकासको गति दुई गियरमा छ भने तीनमा पुर्याउँछ । तीनमा छ भने चारमा पुर्याउछ ।”

प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथर देखि अन्तिम विन्दु बैतडीसम्म सुचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताए । “हामी देशलाई विकासमा हरेक दिन एक कदम अघि बढाउन चाहन्छौं ” प्रधानमन्त्रीले भने “सुचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ । ”

प्रधानमन्त्रीले सरकारले विकास,शिक्षा ,स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधार मात्र नभइ आमूल परिवर्तन गर्न चाहेको बताए । “सरकारले साविक जस्तै काम गरेर दिन कटाउने हैन विविध क्षेत्रमा सामान्य सुधारको काम मात्र हैन, आमूल परिवर्तन गरेर देशको मुहार फेर्न चाहको छ ” प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्रीले २०३८ सालपछि सबै भन्दा बढी आर्थिक बृद्धिदर यसै बर्ष भएको बताए । सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

  • ६ जेष्ठ २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !