संवैधानिक परिषद्को बैठकमा नगएर सभापतिले ठूलो गल्ती गर्नुभयो: नेता पौडेल

आजभोलि

संवैधानिक परिषद्को बैठकमा नगएर सभापतिले ठूलो गल्ती गर्नुभयो: नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशन टार्ने चलखेल सुरु भएको बताएका छन् ।

राष्ट्रिय जागरण अभियान अन्तर्गत मंगलबार कैलालीको हसुलियामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले पार्टी संगठनका सबै काम ढिलाढिला गरेर महाधिवेशनलाई पछाडि धकेल्ने चलखेल अहिलेबाट सुरु भएको बताएका हुन् ।

पार्टीमा विजय गच्छदारको पार्टी मिलेपछि समायोजनको काम गर्न ढिलाइ गरिएको र संगठनलाई संविधानको संरचना अनुसार बनाउन ढिला गरिएको बताए । उनले यसबाट महाधिवेशन टार्ने चलखेल स्पष्ट भएको बताए ।

नेता पौडेलले पार्टीका भ्रातृ संगठनको अधिवेशन सभापति शेरबहादुर देउवाले रोकेको आरोपसमेत लगाए । संवैधानिक परिषद्को बैठकमा सहभागी नभएर सभापतिले ठूलो गल्ती गरेको भन्दै उनले यस विषयमा पार्टीभित्र समीक्षा हुन जरुरी रहेको बताए ।

  • ७ जेष्ठ २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !