राजनीतिक सहमति भयो भन्दैमा भोलि नै रेलवे बनिनहाल्ने चीनको भनाइ

आजभोलि

राजनीतिक सहमति भयो भन्दैमा भोलि नै रेलवे  बनिनहाल्ने चीनको भनाइ

चीनले नेपालसम्म रेल मार्ग बनाउन कठिन रहेको बताएको छ । बिहीबार काठमाडौंस्थित चिनियाँ दूतावासमा पत्रकार सम्मेलन गरी नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले रेलमार्ग कठिन भएपनि रेल ल्याउने कार्यमा चीन सरकार प्रतिबद्ध रहेको बताइन् ।

उनले यस विषयमा नेपाल सरकारको तर्फबाट पनि सकारात्मक पहल भइरहेको बताइन् । राजनीतिक सहमति भयो भन्दैमा भोलि नै रेलवे लाइन बनिहाल्छ भन्ने छैन भन्दै उनले रेल नेपालसम्म ल्याउन चिनियाँ सरकार पूरै प्रतिबद्ध रहेको बताइन् ।

क्रस बोर्डर रेलवे लाइन निर्माण भौगोलिक रुपमा धेरै कठिन र धेरै खर्चिलो रहेको उनले बताइन् । यसका लागि अझै विस्तृत र वैज्ञानिक अध्ययन आवश्यक रहेको उनको भनाइ थियो । बिभिन्न चार चरणका काम पूरा गर्नुपर्ने भन्दै उनले अहिले पहिलो चरणको प्रि फिजिबिलिटीको काम मात्र सकिएको बताइन् ।

  • ९ जेष्ठ २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !