भारतमा लोकसभा चुनावको मतपरिणाम आउन सुरू भएको छ ।
मतगणनाको प्रारम्भिक नतिजा अनुसार भारतीय जनतापार्टी भाजपाको गठबन्धनले अग्रता लिएको छ । मतगणना सुरू भएको एकघण्टाको नतिजा अनुसार मतगणना भएका ६८ सिट मध्ये ४२ सिटमा भाजपाको गठबन्धनले अग्रता लिएको छ । भारतीय कंग्रेसको गठबन्धन भने १७ सिटमा अघि छ ।
अन्यदलको ९ सिटमा अग्रता छ । आइतबार सकिएको चुनावको मतगणना आज बिहान आठ बजेदेखि सुरू भएको हो । चुनाव सकिए लगत्तै भारतीय संचारमाध्यमले गरेको मत सर्वेक्षणले यसपालि पनि सत्तारूढ भाजपाकै गठबन्धनले जित्ने देखाएका छन् । २०१४ मा बहुमत ल्याएको भारतीय जनता पार्टीको गठबन्धन नेशनल डेमोक्रयाटिक अलाइन्स एनडिएले नै यसपालि पनि बहुमत ल्याउने सम्भावना बढेको ती सर्वेक्षणहरूको दाबी थियो ।
अघिल्लो चुनावमा हर हर मोदी घर घर मोदीको लहर ल्याएको भाजपाले यसपालि ‘फिर एकबार मोदी सरकार’को नारा ल्याएको छ ।