नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीयताको सवालमा सरकारले लापरवाही भइरहेको आरोप लगाएका छन् ।
कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार आयोजित कार्यक्रममा उनले सरकारमा केन्द्रीकरणको प्रवृत्ति देखापरेको बताए । आफ्नो पार्टीलाई जात, क्षेत्र भूगोलको आधारमा नभई सिद्धान्तको राजनीतिमा ल्याउन आफू प्रयासरत रहेको उनको भनाइ थियो ।
उनले एघार महीनाअघि कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारले सोही ठाउँबाट अनुसन्धान गर्न माग गरे ।