वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जेठ २६ गते देखाइने

आजभोलि

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जेठ २६ गते देखाइने

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा यही जेठ २६ गते देखाइने भएको छ ।

जोशी समुदायका ज्योतिषीले मच्छिन्द्रनाथलाई जाउलाखेल लाने शुभसाइत हेरी जेठ २३ गते बिहीबार लगनखेलबाट रथ तानी जाउलाखेल पु¥याइने र त्यसको चार दिनपछि भोटो देखाउने निर्णय गरेको ज्योतिषी सिद्धिकिरण जोशीले जानकारी दिए ।

पुल्चोकबाट तानिएको मच्छिन्द्रनाथको रथ हाल लगनखेलको इटिटोलमा राखिएको छ । जेठ २३ गते सात गाउँ कीर्तिपुर, पाँगा, बलम्बु, मच्छेगाउँ, सतुङ्गल, थानकोट र पुल्चोकका मानिस आएर लगनखेलबाट रथ तानी जावलाखेल पुर्याइने बताइएको छ ।

जेठ २४ गते छोलेपु पर्व मनाई मासु पोलेर खाई जात्रा मनाइन्छ । छोलेपुको भोलिपल्ट २५ गते भुज्या पर्व मनाइन्छ । भुज्याको भोलिपल्ट अर्थात् भोटो देखाइने अघिल्लो दिन अर्काे पटक पुनः नरिवल खसाल्ने परम्परा रहेको छ ।

  • १० जेष्ठ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !