हवाई आक्रमणमा परी कम्तीमा १४ सर्वसाधारणको मृत्यु

आजभोलि

हवाई आक्रमणमा परी कम्तीमा १४ सर्वसाधारणको मृत्यु

राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण मारिएका जनाएको छ ।

अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाले हवाई आक्रमणको संख्या बढाएसँगै सर्वसाधारणको मृत्युको संख्या पनि बढेको हो । अफगानिस्तानका लागि राष्ट्रसंघीय मिसन युनामाले गत मे २० तारिखमा हेल्मन्ड प्रान्त र मे २२ मा कुनार प्रान्तमा गरिएका अमेरिकी हवाई आक्रमणमा मारिएका १४ जनामा पाँच जना महिला र सात जना बालबालिका रहेका जनाएको छ ।

युनामाले ट्वीट गर्दै अफगानिस्तानमा भइरहेका हवाई आक्रमणबाट सर्वसाधारणको मृत्यु हुनेक्रम निरन्तर बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ । अफगान सुरक्षाफौजसँग रहेको हवाई क्षमता कमजोर रहेकाले अधिकांश आक्रमण अमेरिकी सेनाले गरिरहेको छ ।

अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाले भने यसबारेमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

  • १० जेष्ठ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !