प्रधानमन्त्री ओली शक्तिको उन्मादले निरंकुश शैलीमा ज्ञानेन्द्र पथमा : नेता खाँण

आजभोलि

प्रधानमन्त्री ओली शक्तिको उन्मादले निरंकुश शैलीमा ज्ञानेन्द्र पथमा : नेता खाँण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओली शक्तिको उन्मादले निरंकुश शैलीमा राजा ज्ञानेन्द्रको पथमा हिँडेको आरोप लगाएका छन् ।

पार्टीको जारी राष्ट्रिय जागरण अभियान अन्तर्गत शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा पर्ने किर्तिपुरमा अयोजित कार्यक्रममा नेता खाँणले प्रधानमन्त्री ओली ज्ञानेन्द्र पथमा हिँडेको आरोप लगाएका हुन् ।

विश्वमा समाप्त भएको कम्युनिस्टले नेपालमा एक दलिय शासन लाद्न खोज्दा जनताको हक अधिकार कुण्ठित हुने भन्दै नेता खाँणले कांग्रेस सदैव सचेत हुन जरुरी रहेकोमा जोड दिए ।

सरकारका नराम्रा कर्तुतको समाचारहरु एकपछि अर्कोगरी सञ्चार माध्यममा आउन थाले पछि प्रधानमन्त्री ओली मिडियालाई नियन्त्रण गर्न उद्दत रहेको उनको आरोप थियो ।

उनले नेपालको राजनीतिक इतिहासमा पहिलो पटक प्रधानमन्त्रीले संसदमा बोलेका शब्दहरु रेकर्डबाट हटाइएको पनि टिप्पणी गरे ।

  • १० जेष्ठ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !