डा. पुकारद्वारा ब्रम्हलुट, मानव अंगको मेशिन पुग्यो निदानमा

आजभोलि

डा. पुकारद्वारा ब्रम्हलुट, मानव अंगको मेशिन पुग्यो निदानमा

शहिद धर्मभक्त राष्ट्रिय (मानव अंग) प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले गायिका आनी छोइङ डोल्माका नाममा निजी अस्पतालमा व्यापार गर्दै आएपछि विवादमा तानिएका छन् ।

सरकारी अस्पतालमा निर्देशक रहेका डा. श्रेष्ठले गायिका आनी अध्यक्ष रहेको आरोग्य फाउन्डेसनको नाम दुरुपयोग गरी आफ्नो र आफ्नै छोरीको लगानी रहेको निदान अस्पतालमा समेत काम गर्दै ब्रम्हलुट मच्चाएका छन् ।

आफ्नो नामको दुरुपयोग गर्दै डा. पुकारले निजी अस्पतालमा व्यापार गर्न थालेपछि आनी उनीसँग रुष्ट भएको निदान अस्पताल कर्मचारी श्रोतले बताएको छ । पछिल्लो समय उनीहरुबीच सम्बन्ध चिसिएर बोलचाल नै बन्द हुने अवस्थामा पुगेको बताइएको छ ।

गरिब बिरामीलाई सस्तो र गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउने भन्दै आनीको अध्यक्षतामा आरोग्य फाउन्डेसन स्थापना भएको थियो । डा. पुकार फाउन्डेसनका महासचिव हुन् । फाउन्डेसन र निदान अस्पताल एउटै परिसरमा रहेको छ ।

मिर्गौला फेल भएका बिरामीलाई सहज रुपमा कम शुल्कमा डायोलाइसिस सेवा दिन र मिर्गौला प्रत्यारोपण गर्नुपूर्व अनिवार्य रुपमा गर्नुपर्ने एचएलए जाँचका लागि फाउन्डेसन खुलेको हो । फाउन्डेसनले एचएलए मेसिन सञ्चालन गर्नुपूर्व नेपालमा उक्त मेसिन कँही पनि थिएन । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीले उक्त परीक्षण गर्न भारतमा पठाउनु पर्ने बाध्यता थियो ।

गरिब बिरामीलाई सहज रुपमा सेवा दिने उद्देश्यले खोलेको फाउन्डेसनलाई डा. पुकारले दुरुपयोग गरेर व्यापार गरेको भन्दै फाउन्डेसन स्रोतले गैरनाफामूलक र सेवामूलक फाउन्डेसनको दुरुपयोग भएपछि आनी र डा. पुकारबीच विवाद भएको बताएको छ ।

फाउन्डेसनले एचएलए, डायलाइसिस र ल्याबका अन्य सेवाहरु सञ्चालन गर्दै आएको छ । निदान अस्पतालले फाउन्डेसनकै ल्याबबाट नै सबै काम चलाउँदै आएको छ । तर, फाउन्डेसनको ल्याबको सबै रकम भने निदान अस्पतालले लिएर ब्रम्हलुट मच्चाएको छ ।

बिरामीलाई सस्तोमा गुणस्तरीय सेवा दिन खोलेको फाउन्डेसन अन्तर्गत रहेको ल्याब निदानको स्वार्थमा प्रयोग भएको बताईएको छ । निदान अस्पतालका सबै बिरामीको रिपोर्ट फाउन्डेशनको प्रयोगशालामा परीक्षण हुने गरेको तर निदान अस्पतालले फाउन्डेशनलाई कुनै पनि शुल्क भने नतिर्ने गरेको निदान अस्पताल प्रशासनका एक कर्मचारीले जानकारी दिए ।

महँगो शुल्कमा निदान अस्पतालको स्वार्थमा फाउन्डेशनका मेसिन प्रयोग हुन थालेपछि आनीले विरोध गरेपछि डा. पुकारसंग आनी रुष्ट भएको बताएको छ ।
निदान अस्पतालका लागि डा.पुकारले सुरुमा आनीसँग २ करोड रुपैयाँ लिएर लामो समयसम्म नतिरेपछि आनीले पटक पटक रकम फर्काउन माग गरेपछि अस्पतालले किस्ताबन्दी रुपमा आनीको पैसा तिरेको श्रोतले बतायो ।
फाउन्डेसनका लागि विगतमा च्यारिटीलगायतका काम गरेर सहयोग रकम संकलन गर्दै गरिबको सेवामा जुटेकी आनीको नाम समेत डा. पुकारले दुरुपयोग गरेकोचर्चा चलेको छ ।

डा. पुकारले आनी र फाउन्डेसनको नाम दुरुपयोग गरेको कुरा फाउन्डेसनका अन्य पदाधिकारीलाई समेत चित्त नबुझेको बताईएको छ । आमाको मिर्गौला फेल भएर मृत्यु भएपछि आनी मिर्गौला रोगीको सेवामा लागेकी हुन् ।

आनी छोइङ अध्यक्ष रहेको फाउन्डेसनमा व्यापारी, कलाकारदेखि अन्य थुप्रै चिरपरिचित र प्रतिष्ठित व्यक्तिहरू समेत रहेका छन् । फाउन्डेसनको उपाध्यक्षमा संयुक्त राष्ट्रसंघको सहायक महासचिव भइसकेका व्यक्ति कुलचन्द्र गौतम रहेका छन् ।

फाउन्डेसनको कोषाध्यक्षमा सुदर्शनराज पाण्डे छन् भने सदस्यहरुमा क्रमशः नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य, डा. विमल कुमार थापा र नविना श्रेष्ठ सहित डा. पुकारकी श्रीमति समेत रहेका बताईएको छ ।

केन्द्रका निर्देशक डा. पुरकारले दाताहरले मानव अ.गलाई दिएका कतिपय अत्याधुनिक मेशिन समेत निदानमा पुर्याएको र मानव अंगमा त्यसको रेकर्ड समेत नराखेको रहस्य बाहिर आएको छ । उनका विरुद्धमा बोल्ने जो सुकै कर्मचारीको जागिर खाईदिने धम्की दिएपछि कर्मचारीहरुले ब्रम्हलुट टुलुटुलु हेर्न बाध्य भएको बताईएको छ ।

मुटुको सेवा सुरु गर्ने किनेको ३० करोडको मेशिनमा डा. पुकारले ३ करोड कमिसन खाएर मेशिन थन्क्यार राखेको केन्द्रका कर्मचारीले बताएका छन् ।

अस्पतालका सामानहरु निदान पुर्याउन र अस्पतालमा ब्रम्हलुट मच्चाउन सजिलो होस भनेर डा. पुकारले केन्द्रका प्रशासन प्रमुखमा समेत निदान अस्पतालमा काम गरिरहेका हरिहरलाई ल्याएर नियुक्ती गरेको केन्द्रका श्रोतले जानकारी दिएको छ ।

  • १० जेष्ठ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !