कोचिङ कक्षा चलिरहेको भवनमा आगलागी हुँदा १८ बालबालिकाको मृत्यु

आजभोलि

कोचिङ कक्षा चलिरहेको भवनमा आगलागी हुँदा १८ बालबालिकाको मृत्यु

भारतको गुजरातस्थित कोचिङ कक्षा चलिरहेको भवनमा आगलागी हुँदा १८ बालबालिकाको मृत्यु भएको छ ।

ज्यान बचाउन भवनको तेस्रो तथा चौथो तलाबाट हाम फाल्ने क्रममा उनीहरुको ज्यान गएको बताइएको छ । उक्त घटनामा कयौं घाइते भएका छन् । घाइतेको स्थानीय अस्तालमा उपचार भइरहेको छ ।

गुजरातका मुख्यमन्त्री विजय रूपाणीले आगलगाीको कारण पत्ता लगाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । त्यस्तै गुजरात सरकारले मृतकका परिवारलाई प्रति व्यक्ति चार लाख भारु दिने घोषणा गरेको छ ।

तक्षशिला कम्प्लेक्सको तेस्रो र चौथो तलामा आगो लागेको हो । घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।

उनले ट्विट गर्दै प्रभावितहरुको उद्धार तथा सहयोगको लागि गुजरात सरकार र स्थानीय प्रशासनलाई निर्देशन दिएको जनाएका छन् ।

  • ११ जेष्ठ २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !