सगरमाथा आरोहणका क्रममा आठ जनाको मृत्यु

आजभोलि

सगरमाथा आरोहणका क्रममा आठ जनाको मृत्यु

यो वर्ष सगरमाथा आरोहणका क्रममा अहिलेसम्म नेपाल तर्फको मार्ग प्रयोग गरेका मध्ये ८ जनाको मृत्यु भएको छ ।

पछिल्लो जानकारी अनुसार आरोहणको क्रममा ८ जनाको निधन भएको पुष्टि भएको पर्यटन विभागकी पर्वातारोहण निर्देशक मीरा आचार्यले जानकारी दिए । नेपालमा पर्वातोरोहण एजेन्सीहरुले चीन तर्फको मार्गबाट पनि आरोही पठाउने गरेका छन् ।

यसरी नेपाली एजेन्सी मार्फत गएका मध्ये चीन तर्फको मार्गमा कम्तिमा दुईजनाको ज्यान गएको छ । तर नेपाल तर्फको मार्ग प्रयोग गरेर गएका मध्ये ८ जनाको निधन भएको अहिलेसम्मको जानकारी रहेको निर्देशक आचार्यले बताए ।

अरु केही बेपत्ता भएको खबर रहे पनि उनीहरुको अवस्थाबारे स्पष्ट नभएको उनको भनाई छ ।

  • १२ जेष्ठ २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !