दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर तीन रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या भएको छ ।
पसल सञ्चालन गरेर बसेकी ७० वर्षीया द्रोपती महराको शनिबार राति हत्या भएको हो । उनका श्रीमान् ७५ वर्षीय वीरभान महरा र नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते अवस्थामा भेटिएका छन् ।
सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवारको सबैको हत्या गर्ने उद्देश्यअनुरुप घटना भएको देखिएको प्रहरीले जनाएको छ । घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।