पतन्जली आयुर्वेदका निर्देशक बालकृष्णलाई युएन स्वास्थ्यसेवा अवार्ड

आजभोलि

पतन्जली आयुर्वेदका निर्देशक बालकृष्णलाई युएन स्वास्थ्यसेवा अवार्ड

भारतको पतन्जली आयुर्वेद लिमिटेडका व्यवस्थापन निर्देशक आचार्य बालकृष्णलाई स्वीट्जरल्यान्डको जेनेभामा “स्वास्थ्यसेवा सम्बन्धी युएनएसडीजी १० सर्वाधिक प्रभावशाली पुरस्कार” प्रदान गरिएको छ ।

आचार्य बालकृष्णले पतन्जली समूहका तर्फबाट उक्त पुरस्कार पाएका हुन् । पुरस्कार प्राप्त गरेपछि ट्वीट गर्दै आचार्य बालकृष्णले योग र आयुर्वेदलाई विश्वस्तरमा मूलप्रवाही गर्न योगदान गर्नेहरुप्रति आफूले पुरस्कार समर्पित गर्न चाहेको उल्लेख गरेका छन् ।

जेनेभामा संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य (युएनएसडीजी) सम्बन्धी कार्यक्रमका पाँच प्रमुख वक्ताहरुमा र्यान्डी उस्ट्रा, युनिसेफका कार्यकारी निर्देशक हेनरिटा एच फोर, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयेसुस, आबे ली र आचार्य बालकृष्ण छन् ।

योगगुरु रामदेबले उक्त सम्मानबाट पतन्जलीको अभियान निकै महत्वपूर्ण रहेको छ भन्ने देखिएको बताएका छन् । भारतको हरिद्वारमा आयोजित एक कार्यक्रममा रामदेवले भने, “आचार्य बालकृष्णलाई भारतको प्रतिनिधित्व गर्न आमन्त्रण गरिएको थियो । विश्व स्वास्थको पछिल्लो परिदृश्यमा जीवनशैलीसँग जोडिएका रोगहरुलाई कसरी योग, आयुर्वेद र परम्परागत भारतीय विधिका माध्यमबाट उपचार गर्न सकिन्छ भन्नेमा पतन्जलीले महत्वपूर्ण योगदान गरेको छ ।”

पतन्जलीले आयुर्वेद औषधि र व्यक्तिगत स्वास्थ्यसँग सम्बन्धित औषधिहरु उत्पादन गरिरहेको छ । रामदेवले बालकृष्णसँग मिलेर पतन्जली आयुर्वेद कम्पनी खोलेका थिए ।

  • १२ जेष्ठ २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !