आफ्ना कारण अरु व्यवसायिक जहाजको उडानमा ढिलाइ भएपछि मेक्सिकोका एकजना मन्त्रीले पदबाट राजीनामा दिएकी छन् ।
आफू सवार जहाजका कारण अन्य जहाजको उडान ढिलो भएपछि मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लाङ्को ओर्टिज मेनाले पदबाट राजीनामा दिएकी हुन् । शनिबार उनी सवार जहाजका कारण अन्य जहाजको उडान ढिलो हुँदा चर्को आलोचना भएको थियो।
सरकारी कामका लागि विमानबाट अन्यत्र जाने क्रममा यस्तो हुन पुगेपछि मेनाले राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् ।
सन् २०१८ मा राष्ट्रपतिमा निर्वाचित भएपछि लोपेज ओब्राडोरले सरकारले विशेषाधिकार नलिने र कुनै पनि हालतमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता गरेका थिए ।