वित्तिय संस्थाका कर्मचारीमाथि गोली प्रहार गरी ४ लाख लुटपाट

आजभोलि

वित्तिय संस्थाका कर्मचारीमाथि गोली प्रहार गरी  ४ लाख लुटपाट

धरान उपमहानगरपालिक–५, साउनेटारमा वित्तिय संस्थाका कर्मचारीमाथि गोली प्रहार भएको छ ।

जीवन विकास लघुवित्तका कर्मचारी शम्भु गच्छादारमाथि गोली प्रहार भएको हो । गोली प्रहारपछि गच्छदारसँग भएको ४ लाख नगद लुटिएको छ ।

मोरङको केराबारी गाउँपालिकास्थित याङशिलाको लामिछाने टारबाट कर्जा रकम उठाएर फर्कने क्रममा गच्छदारलाई ३ जनाको समूहले गोली प्रहार गरेको बताइएको छ ।

तीन जनाको समूहमा मोटरसाइकलमा आएका लुटेराले प्रहार गरेको गोली गच्छदारको बायाँ कम्मरमा लागेको संघीय प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी शरद खत्रीले जानकारी दिनुभयो ।

देब्रे पाखुरा र पेटमा गोली लागेका गच्छदारको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी राजन अधिकारीले घटनाको पुष्टि गरेका छन् । घटना पछी धरानको सुरक्षा व्यवस्था कडा बनाइएको छ । धरान प्रदेश गर्ने चारैतिरको नाकामा प्रहरीले चेकपोइन्ट थापेको छ ।

  • १२ जेष्ठ २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !