घट्टेकुलो र सुकेधारामा विस्फोट, तीन जनाको मृत्यु, घटना नियोजित भएको प्रहरीको दाबी

आजभोलि

घट्टेकुलो र सुकेधारामा विस्फोट, तीन जनाको मृत्यु, घटना नियोजित भएको प्रहरीको दाबी

काठमाडौंका घट्टेकुलो र सुकेधारामा विस्फोट भएको छ ।

विस्फोटमा परी घट्टेकुलोमा एकजना र सुकेधारामा भएको विस्फोटमा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुईजनामध्ये एकजनाको घटनास्थमलमा नै अर्का एकको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन । सुकेधारा विस्फोटमा ७ जना घाइते भएका छन् ।

सुकेधारामा ढलाने पुल नजिक सिलिन्डर विस्फोट भएको हो । अनामनगरमा भने कोठाभित्र सिलिन्डर पड्किएको हो ।

सोमबारका लागि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्ववान गरेको बन्द कार्यक्रममा विस्फोट गराउन तयार पारिँदै गरेको सिलिन्डर बम पड्किएको आशंका प्रहरीले गरेको छ ।

  • १२ जेष्ठ २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !