हिंसा र निषेधको राजनीति परित्याग गर :बिस्फोटपछि कांग्रेसको विज्ञप्ति

आजभोलि

राजधानीमा लगातार बम विस्फोट भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मानवीय क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा हिंसा, निषेधको राजनीति त्याग्न सरकार र नेत्रविक्रम चन्द विप्लव समूहलाई आग्रह गरेको छ।

बम बिस्फोटका घाइतेलाई उपचारको व्यवस्था गर्न कांग्रेसले सरकारसँग माग गरेको छ। शान्तिपूर्ण संवादको विकल्प नरहेको भन्दै शर्माले हिंसाले कसैले विजय नहुने उल्लेख गरेका छन्। बम बिस्फोटनमा पर्नेहरु विद्रोही हुन् कि विपक्ष हुन् उनीहरुको जीवन अमूल्य रहेको कांग्रेसको भनाइ छ।

‘ललितपुरमा केही महिनाअघि भएको विस्फोट, भोजपुरमा जेठ ७ मा भएको ‘फेक इन्काउन्टर’ र आइतबार काठमाडौंमा भएको घटनाले शान्तिपूर्ण संवाद भन्दा समाधानको अर्को विकल्प छैन भनेर प्रष्ट्याएको कांग्रेसको ठहर छ ।

सबै शक्ति विकासमा लाग्नुपर्ने बेला हिंसामा लागेको भन्दै कांग्रेसले चिन्ता जनाएको छ।

राजधानीमा भएका बम विस्फोटका घटनामा चार जनाको मृत्यु भएको छ भने सर्वसाधारण आतंकित भएका छन् ।

  • १२ जेष्ठ २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !