नेकपालाई मूलधारमा ल्याउन सरकार प्रयासरतः गृहमन्त्री

आजभोलि

नेकपालाई मूलधारमा ल्याउन सरकार प्रयासरतः गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले काठमाडौंमा आइतबार भएका विष्फोटका घटनामा परी मृत्यु भएकाहरु चारैजना प्रतिवन्धित नेकपाका कार्यकर्ता भएको जानकारी दिएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै गृहमन्त्री थापाले आइतबार भएका विष्फोटमा परी घाइते भएका अधिकांश व्यक्ति पनि प्रतिवन्धित नेकपाका कार्यकर्ताहरु भएको जानकारी दिएका हुन् ।

‘विप्लव’ नेतृत्वमा रहेको नेकपाले जनसरकारको रुपमा जनपरिषद र जनसेनाको रुपमा चारवटा कम्पनी दर्ता गरेर आवान्छित गतिविधि गरिरहेको जानकारी सरकारसँग रहेको उनले बताए ।

गृहमन्त्री थापाले नेकपालाई वार्ताद्वारा समस्या समाधानका लागि पहल गरिरहेको पनि जानकारी दिए ।

उनले भने,‘यो समूहलाई नियन्त्रण गर्ने र वार्ताद्वारा मुलधारमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ, मूलधारमा ल्याउन र गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध छ ।’ उनले देशव्यापी भ्रष्टाचारको विरोधमा भन्दै एनसेल टावर र विभिन्न ठाउँमा विप्लवले ध्वंश मच्चाएको बताए ।

  • १३ जेष्ठ २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !