९२ रोपनी सरकारी जग्गा हडप्न खोज्ने मालपोत अधिकृतसहित ७ विरूद्ध मुद्दा

आजभोलि

अख्तियार दुरूपयोग अनुसन्धान अयोगले सामूदायिक जंगल व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न कलंकी मालपोतका दुइ कर्मचारीसहित सात जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

अख्तियारले कलंकीका मालपोत अधिकृत शिवप्रसाद रिमाल र नायव सुब्बा हरी प्रसाद आचार्य, नक्कली जग्गाधनी मिना कुमारी थापा, सुयल हाउजिङ्ग कम्पनीका सञ्चालक रामकुमार सुयल थापा, नक्कली जग्गाधनी मिना कुमारी थापाको वारेस दिपेन्द्र विक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको हो ।

उनीहरूले काठमाडौं जिल्ला साविक बाडभन्ज्याङ गाविस वडा नं.-३(क) कि.नं.१०१ क्षेत्रफल ९२-२-०-० हाल चन्द्रागिरी नगरपालिकामा पर्ने पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा मालपोत कार्यालय कलंकीले व्यक्ति विशेषको स्वामित्वमा रहेको सुयल हाउजिङ्ग कम्पनीका नाममा गैरकानूनी रूपमा श्रेस्ता खडा गरी पुर्जासमेत उपलब्ध गराएको पाइएको थियो ।

उनीहरूले १२ कित्ता सरकारी जग्गाको नक्कली जग्गाधनी बनाई उक्त जग्गाहरू लिने दिने गरी घरायसी करारनामाको कागज बनाई उक्त कागजमा कित्ताको क्षेत्रफल तथा लिने/दिने गरेको रकमसमेत उल्लेख नगरी मिना कुमारी थापाको नाममा किर्ते गरी नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाएको अरोप अख्तियारले लगाएको छ ।

  • १३ जेष्ठ २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !