मोदीको सपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री बिहीबार नयाँदिल्ली जाने

आजभोलि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी बिहीबार हुने शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि निम्तो गरेका छन् ।

सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार नयाँदिल्ली जाने भएका हुन् । मोदीको शपथ ग्रहण कार्यक्रम भारतको राष्ट्रपति भवनमा आगामी बिहीबार साँझ ७ बजे हुने कार्यक्रम रहेको छ ।

सन् २०१४ मा मोदीले आफ्नो शपथ ग्रहण समारोहमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कका सदस्य राष्ट्रका कार्यकारी प्रमुखलाई निम्तो गरेकोमा यसपालि भने बिमस्टेक राष्ट्रका कार्यकारी प्रमुखलाई बोलाएको छ ।

भारतीय जनता पार्टीले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा यसपालि सार्कको नाम नलिइ बिमस्टेकको मात्रै नाम लिइएको थियो । बिमस्टेकमा पाकिस्तान सदस्य छैन । त्यसैले पाकिस्तानका प्रधानमन्त्री भने सो कार्यक्रममा जान नपाउने भएका छन् ।

  • १४ जेष्ठ २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !