नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई वार्तामा ल्याउन सरकारले कुनै पहल नगरेको बताएका छन् ।
विराटनगरमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा सिटौलाले सरकारले नेकपालाई सहमतिमा ल्याउन कुनै पहल नगरेको बताएका हुन् । १० वर्षे सशस्त्र युद्धको दर्दनाक अवस्थाबाट बल्लतल्ल मुक्ति पाएका नेपालीले अब कुनै किसिमको हिंसा सहन नसक्ने उनले बताए ।
उनले घटना भइसकेपछि प्रतिक्रिया दिनुभन्दा वार्ताका लागि पहल गर्न सरकारलाई सुझाव दिए । एक वर्षमा सरकारले कुनै प्रगति हासिल गर्न नसकेको भन्दै उनले संंवैधानिक व्यवस्थालाई मजदुब बनाउने बाटोमा हिँड्न सरकारलाई सुझाव दिए ।