गणतन्त्र समग्र सामाजिक रुपान्तरणको व्यवस्था : प्रधानमन्त्री

आजभोलि

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभइ, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएका छन् ।

गणतन्त्र दिवशको अवसरमा एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले विकासका लागि हाम्रो प्रस्थानविन्दू सवैलाई खाद्य व्यवस्था, सवैलाई आवास र कपडा, सवैलाई शिक्षा र सवैलाई स्वास्थ्य एवं सुरक्षा भएको बताए ।

जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएको र यस संकल्पलाई सार्थक बनाउने सरकारको दृढ उद्देश्य रहेको सन्देशमा उल्लेख छ । त्यसका लागि विभिन्न, पेशा, क्षेत्र, व्यवसायका नेपालीको बलियो साथ रहनेछ भन्ने उनको विश्वास छ ।

उनले सन्देशमा यस दिवसले नेपालीहरुलाई गणतन्त्र र जनप्रतिनिधीत्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याएको उल्लेख गरेका छन् । “गणतन्त्र दिवसले गणतन्त्रको मर्यादा,गणतान्त्रिक संस्थाहरुको मर्यादा र गणतान्त्रिक प्रक्रियाको गर्न सिकाएको छ । गणतन्त्र जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली हो ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

उनले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास,समृद्धि,सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको उल्लेख गरेका छन् ।

“हाम्रो ध्येय गरिवी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचार विरुद्ध केन्द्रीत छ ।गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन् ।

त्यसैले सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् “त्यसैले यो प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छाशक्तिका साथ समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर छ । ”

  • १५ जेष्ठ २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !