राष्ट्रपति विद्या भण्डारीले पहिलो र दोस्रो संविधानसभाका सांसदहरूलाई विभूषित गरेकी छन् ।
संविधान निर्माणमा योगदान गरेको भन्दै एक हजार एक सय नौजनालाई संविधानसभा पदकले विभूषण गरिएको हो ।
दुवै संविधानसभामा प्रतिनिधित्व गरेका सभासदलाई गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजना भएको विशेष कार्यक्रममा संविधानसभा पदक वितरण गरेकी हुन् । पदक पाउनेमा पहिलो नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारी आफैँ छिन् ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महराको नाम छ । त्यस्तै, चौथो नम्बरमा पूर्वराष्ट्रपति डा रामवरण यादव, र पाँचौँ नम्बरमा उपप्रधानमन्त्री उपेन्द्र यादवको नाम छ । त्यसपछि वरियताका आधारमा क्रमशः पूर्वप्रधानमन्त्रीहरू लगायतको नाम छ ।