नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार सङ्घीय संसद्मा अर्थमन्त्रीले प्रस्तुत गरेका बजेट महत्वाकांक्षी भएकाले यसको कार्यान्वयनमा चुनौती देखिने बताएका छन् ।
बिहिबार मार्तडीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले बजेट वितरणमुखी भएकाले कार्यान्वयनमा समस्या हुने बताए ।
देशको अर्थतन्त्रलाई मजबुत बनाउने योजना बजेटमा नसमेटिएकाले राष्ट्रको समृद्धिको यात्रालाई टेवा नपुग्ने उनको भनाइ थियो ।
देशमा शान्ति, स्थिरता, स्थायित्व र समृद्ध विकासमा सरकार असफल बनेको वरिष्ठ नेता पौडेलले आरोप लगाए ।
देश सञ्चालन गर्ने जति सरकार आए पनि सजिलो अवस्था नपाएर समस्यै समस्यामा अगाडि बढ्दै गएको नेता पौडेलको टिप्पणी थियो ।