नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले पार्टी एकीकरणपछि सरकारको नेतृत्वमा आलोपालोको कुरा गर्नु अशोभनीय र अमर्यादित भएको बताएका छन् ।
बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव वैद्यले दुई पार्टी एक भइसकेपछि पनि दुई तिहाइको सरकार हुँदाहुँदै प्रधानमन्त्रीमा आलोपालोको कुरा गर्नु लज्जास्पद भएको बताए ।
उनले संघीय सरकारले ल्याएको बजेटप्रति टिप्पणी गर्दै त्यसलाई दयनीयको संज्ञा दिए । बजेट प्रभावकारी नभएकाले यसले समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा नगर्ने उनको भनाई थियो ।
मिडिया काउन्सिल विधेयकले सरकार निरंकुश र फासीवादी दिशामा अघि बढेको देखिएको भन्दै वैद्यले आफ्नो पाटीले विधेयकविरुद्ध पत्रकारहरुको आन्दोलनमा ऐक्यवद्धता रहेको बताए ।