मेक्सिकोबाट आउने सबै सामानमा कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

आजभोलि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आफ्नो देशमा आउने सबै सामानमा कर लगाउने घोषणा गरेका छन् ।

ट्रम्पले आफ्नो ट्विटमा जुन १० तारेखदेखि ५ प्रतिशतका दरले कर लगाइने र अवैध आप्रवासी प्रवेशको समस्या समाधान नभएसम्म त्यसलाई विस्तारै बढाउँदै लैजाने जनाएका छन् । अमेरिकी राष्ट्रपतिले आफ्नो देशको दक्षिणी सीमामा भइरहेको समस्या समाधानका लागि यसअघि गएको फेब्रुअरी महिनामा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए ।

मेक्सिकोका एक कुटनीतिज्ञ जेसस सीडीले भने ट्रम्पको कर लगाउने कुराले विध्वंशक अवस्था ल्याउने बताएका छन् । यदि त्यस्तो गरियो भने आफूहरुले पनि गम्भीर रुपमा कदम चाल्ने उनले चेतावनी दिएका छन् । ह्वाइट हाउसको वक्तव्यमा त्यसखालको कर आगामी अक्टोबर महिनासम्म हरेक महिना ५ प्रतिशतका दरले बढ्दै जाने बताइएको छ ।

  • १७ जेष्ठ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !