प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै भवितव्यमा परिन्छ कि भन्ने भयले सरकारले वितरणमुखी बजेट ल्याएको टिप्पणी गरेको छ ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयमा बजेटप्रति प्रतिपक्षको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी संसदीय दलद्वारा गठित अर्थमन्त्रालयका संयोजक एवं पार्टी केन्द्रीय सदस्य मिनेन्द्र रिजालले बजेटमा धेरै पक्ष समेटिए पनि कार्यान्वयनको ठोस आधार नटेकेको बताए ।
कुनै भवितव्यमा परिएला कि भन्ने सोचका साथ बजेट आएको र सरकार कमजोर फलेकमा चढेर उचाई हासिल गर्न खोजीरहेको उनको दाबी रहेको छ ।
उनले कांग्रेसले बजेटको पुँजीगत खर्च गर्ने क्षमता नभएको र ठोस आधारसमेत निर्माण नगरेको बताए ।
उनले बजेटमा लेखिएकै आधारमा होइन, कार्यान्वयन गर्न सक्ने क्षमता सरकारसँग छ कि छैन भनेर हेर्नुपर्ने बताए । यसैगरी, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस नेतृत्वकै सरकारले ल्याएका योजनाहरुलाई विभिन्न रंग भरेर सरकारले बजेटमा समेटेको बताए ।
.
उनले प्रथम पाईला सहज र सुरक्षित ढंगले टेक्न नसक्दा त्यसको ठाडो असर दोस्रो पाइलालाई पर्दछ भन्दै सरकारको प्रथम बजेटले छाडेको अलमल, अलपत्र योजना र करिब सबै पुरानै अधुरा सपनाहरुको भारी दोस्रो वर्षको बजेटलाई बोकाइएको बताए ।