नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारले चौतर्फी रुपमा जनताका अधिकार खोसिरहेको बताएका छन् ।
शनिबार काग्रेस रुपन्देहीको जिल्ला सम्मेलन तिलोत्तमाको वडा नम्वर १५ मधौलीयामा उदघाटन गर्दै सभापति देउवाले अहिलेको सरकारले प्रेस, न्यायपालिका र मानवअधिकार आयोग समेतलाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाउदै ओली सरकारले जताका चातर्फी अधिकार खोसीरहेको दावि गरे।
उनले स्वतन्त्र रुपमा लेख्ने पत्रकारको अधिकार कटौती गर्न सरकारले मिडिया बिधेयक ल्याएकोमा कुनै पनि हालतमा पत्रकार लाई स्वतन्त्र रुपमा कलम चलाउन दिनु पर्ने बताए।
सरकारले ल्याएको बजेट कार्यकर्ता पोस्ने खालको भएको भन्दै सभापति देउवाले बजेटले मुलुकको विकास गर्न नसक्ने बताए।