वाइडबडी खरिद र बालुवाटार प्रकरणबारे अनुसन्धान गर्न अख्तियारसँग आग्रह : देउवा

आजभोलि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी खरिद र बालुवाटार जग्गा प्रकरणबारे सुक्ष्म अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले वाइडबडी खरिद र बालुवाटार काण्डमा ठूलो घोटाला भएको भन्दै अख्तियारले छानबिन गरी सार्वजनिक गर्नुपर्ने बताऐ ।

वाइडबडी खरिद प्रकरण र बालुवाटार जग्गा काण्डमा आफनो संलग्नता नभएको भन्दै उनले दोषी देखिए कारबाही भोग्न तयार रहेको बताए । उनले निरंकुशतातर्फ पाइला चालेको ओली सरकारलाई राणा र राजालाई जस्तै नागरिकले परास्त गर्ने बताए ।

उनले कांग्रेसले गठन गरेको छायाँ सरकारले ओली नेतृत्वको सरकारले गर्ने हरेक गल्ती र कमजोरीको एक–एक हिसाब किताब राख्ने पनि बताए ।

  • १९ जेष्ठ २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !