सरकारले कोइराला निवासका सुरक्षाका लागि खटिएको सुरक्षा युनिटलाई हटाएको छ ।
पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको विराटनगरस्थित निवासमा सुरक्षाका लागि खटिएको सशत्र प्रहरीको टोली बिहीबारबाट हटेको हो ।
विस २०५४ सालयता प्रहरीको सानो टुकडी कोइराला निवासको सुरक्षाका लागि खटिएको थियो । तर बिहीबारबाट सुरक्षाकर्मीको टोली सरकारले हटाएको कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । सुरक्षाकर्मीको उपस्थिति नहुँदा ऐतिहासिक धरोहर मानिएको कोइराला निवास ‘असुरक्षित’ बनेको उनले बताए ।
व्यक्तिगत सम्पति भएपनि कोइराला निवास अवलोकनका लागि सर्बसाधरणलाई सधै खुला छ ।
सुरक्षाकर्मीको टोली र्फकदा डाक्टर शेखर विराटनगरमा नै थिए ।‘ सुरक्षाकर्मी हटाउने विषयमा डाक्टर कोइरालालाई पनि जानकारी नभएको स्वकीय सचिव थपलियाले बताए ।
२०५४ सालदेखि राखिएको सुरक्षा अहिले हटाइएको उनले बताए।
सशस्त्र प्रहरी बलका असइको नेतृत्वमा १३ जनाको टोलीले कोइराला निवासको सुरक्षा दिँदै आएका थिए।
प्रजातान्त्रिक आन्दोलनदेखि विस २०६२(६३ को जनआन्दोलनलाई सफल बनाउन कोइराला निवासको भूमिका छ । देशका तीनजना प्रधानमन्त्री कोइराला निवासबाटै हुर्किएका हुन् ।
नेपालको राजनीतिक परिवर्तनहरुमा महत्वपूर्ण योगदान पूर्याएको कोइराला निवासलाई संग्रालयको रुपमा विकास गर्नुपर्ने आवाज पनि बेलाबेला उठ्ने गरेको छ ।
शशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठले कोइराला निवासबाट सुरक्षा हटाउन गृहमन्त्रालयबाट पत्र प्राप्त भएपछि सुरक्षाकर्मीलाई फिर्ता बोलाएको जानकारी दिए।