व्यापार विवादमा चीनद्वारा श्वेत पत्र जारी

आजभोलि

व्यापार विवादमा चीनद्वारा श्वेत पत्र जारी

चीनले चीन–अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्तामा चीनको अडान सम्बन्धमा श्वेतपत्र सार्वजनिक गरेको छ ।

चीनको राज्य परिषद्को प्रेस कार्यालयले जारी गरेको श्वेतपत्रमा चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक छलफलमा अमेरिकाले ३ पटक आफ्नो वचन उल्लङ्घन गरेको बताइएको छ ।

चीनले सहयोगको तरिकामार्फत यस संघर्षको समाधान गर्दै पारस्परिक हित तथा साझा फाइदा पाउने इच्छा लिएको छ । तर पनि सहयोगको सिद्धान्त छ भने छलफलको पनि आधार छ। महत्वपूर्ण सैद्धान्तिक समस्यामा चीनले दृढताका साथ सहुलियत दिने छैन ।

आर्थिक व्यापारिक सम्झौता सम्मान र दुवै पक्षको हितको आधारमा हुनुपर्छ भन्ने दाबी पत्रमा उल्लेख छ । दुई मुलुकबीच आर्थिक तथा व्यापारिक द्वन्द्व तथा मतभेदको समाधान अन्त्यमा वार्ता र छलफलद्वारा गर्नुभन्दा राम्रो विकल्प नरहेको पनि श्वेत पत्रको निष्कर्ष छ ।

बेइजिङ तथा वासिङ्टनले आपसी हितका लागि दुवै पक्षको विजयी व्यापार विवाद अन्त्यका लागि छलफल र दुवैलाई मान्य हुनेगरी सन्धि गर्नु नै हो र यसबाट दुई मुलुकको फाइदा र विश्वका विभिन्न मुलुकको अपेक्षा अनूकुल विश्व अर्थतन्त्रमा टेवा पुग्नेमा श्वेत पत्रले जोड दिएको छ ।

  • २० जेष्ठ २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !