बौद्ध भिक्षु अनशनमा बसेपछि सबै मुश्लिम मन्त्रीहरुद्वारा राजीनामा

आजभोलि

बौद्ध भिक्षु अनशनमा बसेपछि सबै मुश्लिम मन्त्रीहरुद्वारा राजीनामा

श्रीलंकामा सोमबार दुईजना मुसलमान गभर्नरले राजीनामा दिएका छन् ।

एकजना बौद्ध भिक्षुले मुश्लिम मन्त्री र एक जना गभर्नरको राजीनामाको माग गर्दै आमरण अनशन बसेपछि दुईजना मुसलमान गभर्नरले राजीनामा दिएका हुन् । श्रीलंकामा गएको अप्रिल महिनामा इस्टर सन्डेका दिन चर्च र होटलमा निशाना बनाएर लगातार बम विस्फोट भएको थियो ।

सो विस्फोटपछि श्रीलंकाका केही मुसलमान संगठनमाथि पनि औंला उठाइएको थियो । गएको शुक्रबार बौद्ध भिक्षु अतुरालिए रतनाले मन्त्री रिशाद बाथिउद्धिन र गभर्नर एएलएएएम हिज्बुल्लाह तथा अजत सैलीको राजीनामा माग गर्दै आमरण अनशन सुरु गरेका थिए ।

श्रीलंकाका मन्त्रीहरुमाथि मुश्लिम कट्टरपन्थीहरुसँग सम्बन्ध भएको बौद्धमार्गी विभिन्न संगठनले आरोप लगाएकोमा मुश्लिम संगठनले भने प्रतिवाद गरेका थिए । बौद्धमार्गीको मागको समर्थनमा देशका विभिन्न भागमा प्रदर्शन समेत भएका थिए । दुवै गभर्नरले दिएको राजीनामा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले स्वीकृत गरेका छन् ।

गभर्नरको राजीनामापछि केन्द्रीय मन्त्रीमण्डलमा सामेल भएका सबै मुश्लिम मन्त्री, उपमन्त्री र राज्यमन्त्रीले पनि राजीनामा दिएका छन् ।

  • २१ जेष्ठ २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !