प्रभु इन्स्योरेन्स कम्पनी काठमाडौं र बीएण्डसी हस्पिटल झापाले स्वास्थ्य बीमा सम्बन्धी सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् ।
प्रभु इन्स्योरेन्स कम्पनी र बीएण्डसी हस्पिटल झापा बीच स्वास्थ्य बीमा सम्बन्धी आपसी सहकार्य गर्ने संझौतामा मंगलबार काठमाडौंमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो ।
बीएण्डसी हस्पिटलका अध्यक्ष दुर्गा प्रसाई तथा प्रभु इन्योरेन्सका सिईओ सन्चित वज्राचार्यले सहकार्य सम्वन्धी संझौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु इन्स्योरेन्समा जीवन बीमा गराई आकस्मिक भवितव्यका कुनै पनि घटना, दुर्घटना तथा जुनसुकै प्रकारका गम्भीर दुर्घटनामा परेका बिरामीहरुले विएण्डसी अस्पतालमा निःशुल्क सेवा प्राप्त गर्ने छन् ।
यस्तै ओपीडिमा उपचार गराउने बिरामीहरुले पनि यही सुविधा प्राप्त गर्नेछन् । यसबाट जुनसुकै प्रकारका बिरामीलाई बिरामी भएको बेलामा पैसाको तनाव बिना नै स्वास्थ्य उपचार गराउन सहज हुने प्रभु ईन्स्योरेन्सका सिईओ वज्राचार्यले बताए ।
बीएण्डसी अस्पतालका मेनेजर प्रताप कार्कीले सम्झौता अनुसार ईस्युरेन्सको छुट्टै स्टल र डेस्क नै अस्पताल परिसरमा खडा गरी बिरामीहरुलाई सेवा सु्विधा लिने प्रवन्ध मिलाईएको जानकारी दिए।
अस्पतालले यस्तो सम्झौता अन्य ईन्स्योरेन्सहरुसंग पनि गर्दै आएको र प्रभु व्राण्डसंग नयाँ संझौता गरेर सहकार्य र सेवाको दायरलाई व्यापक बनाउदै लगिएको जानकारी दिए।