पूर्वराष्ट्रपति आसिफ अली सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ

आजभोलि

पूर्वराष्ट्रपति आसिफ अली सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ

पाकिस्तानमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी अधिकारीहरूले पूर्वराष्ट्रपति आसिफ अली जरदारीलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ गरेका छन् ।

जरदारी तथा उनकी बहिनी फर्याल तालपुरले गरेको अग्रिम जमानतको निवेदन इस्लामावाद उच्च अदालतले अस्वीकार गरिदिएको थियो ।

देशको भ्रष्टाचार विरोधी एक निकाय, नेशनल अकाउन्टेबिलिटी ब्युरो,का अनुसार दशौँ लाख डलर सम्पत्ति शुद्धीकरण गर्न दर्जनौँ झूटा एकाउन्ट खोलिएका थिए । जरदारीको दल पाकिस्तान पिपल्स पार्टीले सरकारमाथि राजनीतिक बदलाको भावनाले काम गरेको आरोप लगाएको छ । जरदारीका छोरा बिलावल भुट्टोले आफ्ना कार्यकर्ताहरूलाई शान्त रहन अपील गरेका छन् । जरदारी हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोका श्रीमान् हुन् र उनले भ्रष्टाचारकै अभियोगमा विगतमा पनि कैयौँ वर्ष जेलमा बिताइसकेका छन् ।

उनी सन् २००८ देखि सन् २०१३ सम्म पाकिस्तानका राष्ट्रपति भएका थिए । यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानीहरूलाई उनीहरूका लुकाइएका सम्पत्ति घोषणा गरी कर तिरेर अर्थतन्त्रलाई सघाउन अपील गरेका थिए ।

टेलिभिजनमार्फत एउटा सम्बोधन गर्दै खानले जनताले कर नतिरे पाकिस्तानले प्रगति गर्न नसक्ने बताए । यो महिनाभित्रै त्यस्ता सम्पत्ति घोषणा गरेर विशेष योजनाको लाभ उठाउन पनि उनले आह्वान गरेका छन् । विश्वमै पाकिस्तान एकदमै कम कर सङ्कलन दर भएको देशमध्येको एक हो, जहाँ केवल एक प्रतिशत मानिसले कर तिर्छन् ।

  • २७ जेष्ठ २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !