अवरुद्ध भएको एकसातापछि विद्युत सुचारु हुँदा कोलाँतीका सर्वसाधारणले खुसीयाली मनाएका छन्।
काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाको कोलाँतीमा गत मंगलबार बिहानबाट अवरुद्ध रहँदै आएको वडा नम्बर ६ चापाडाँडामा रहेको बिधुत् ट्रान्समिटर आगो लागि बाट पुर्ण क्षति भएको विद्युत सुचारु भएपछि स्थानियवासी हर्षित भएका छन । ।
बिद्युत अवरुद्ध हुँदा कोलाँतीका १५० घर परिवार बिजुली बत्ती बाल्नबाट बञ्चित भएका थिए।
विगत एक साता देखि विधुत नभएका कारण अन्धकारमा जिपनयापन गर्दै आएकोमा गाँउपालीकाका समाजसेवी युवाहरुको पहलमा ट्रान्समिटर जडान भएपछि उज्यालोमा वस्न पाएकोमा खुशी लागेको स्थानियले बताएका छन् ।
बिशेष खतरनाक पहलकदमी गर्दै ट्रान्समिटर ल्याएर १५० घरमा उज्यालो ल्याउन सफल भएकोमा सम्मान गर्दै नेपाली काङ्ग्रेसका पार्टी सभापति कोलाँतीका बासु थपलियाले अबका दिनमा युवा नेतृत्व को खाचो भयको बताए । विधुतसेवा संगै विकासको लहर गाउँमा भित्रिएको उनको दाबी रहेको छ ।
जनताको घरघरमा विधुत ल्याउन सफल भएको आफु खुशी भएको समाजसेवी क.क्रान्ति दोङले बताए । यसैगरी उनले यस कार्यमा सहयोग गर्ने सुजन पहरी , जनता माध्यमिक विद्यालयका प्र.अ रोशन थपलिया तथा नेपाल विधुतप्राधिकरणका बनेपाका इन्जिनियर रन्जनराज गुरुङलाइ विशेष धन्यवाद व्यक्र गरे ।