नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार एकपछि अर्को विधेयकमार्फत प्रजातन्त्रलाई समाप्त पार्न लागेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सभापति देउवाले सरकारले पछिल्लो समय ल्याएको विधेयकले लोकतन्त्रका मूल्य मान्यतामाथि आक्रमण गरेकाले कुनै पनि हालतमा पारित हुन नदिने चेतावनी दिए ।
देउवाले मिडिया काउन्सिल, सूचना प्रविधि, राष्ट्रिय सुरक्षा परिषद सम्बन्धी र राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी विधेयकलाई कांग्रेसले कुनै पनि मूल्य चुकाएर पास हुन नदिने बताए । उनले गुठी विधेयक फिर्ता लिनु सकारात्मक भएपनि संसदीय अभ्यास विपरीत भएको बताए ।
विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री सदनमा उपस्थिति हुनुपर्ने भन्दै उहाँले सरकारले प्रतिपक्षी दललाई सधै हेप्ने गरेको आरोप लगाए । उनले मंगलबार संसदमा विपक्षी दलका नेतालाई बोल्न नदिएको सरकारले विपक्षी दलमाथि बलमिच्याइँ गरेको आरोप लगाए