जागरण अभियानले काङ्ग्रेस नेता कार्यकर्तामा उत्साह

आजभोलि

जागरण अभियानले काङ्ग्रेस नेता कार्यकर्तामा उत्साह

 नेपाली काङ्ग्रेसका नेताहरुले जागरण अभियानले सङ्गठनलाई अझ बलियो र प्रभावकारी बनाउँदै जनस्तरमा लैजान थप उत्साह थपेको बताएका छन् ।

पार्टीले वैशाख २५ देखि जेठ २५ सम्म देशभर सञ्चालन गरेको ‘हिमाल, पहाड, तराई–मधेस’ राष्ट्रिय जागरण अभियान’मा खटिएका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तक्र्रियाका सहभागीले अभियानले पार्टीलाई थप ऊर्जा प्रदान गरेको बताएका हुन् ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले जागरण अभियानले पार्टी सङ्गठन विस्तारमा थप बल पुर्याएको बताए । “पार्टीले पहिलो चरणमा सञ्चालन गरेको जागरण अभियानले पार्टीको सङ्गठन विस्तारमा थप बल पु¥याएको छ”, उनले भने ।

सभापति देउवाले विसं २०४८ पछि पार्टीले पहिलोपटक जागरण अभियान सञ्चालन गरेको बताउँदै जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिको राय सुझावलाई ग्रहण गरेर आगामी दिनमा पार्टी अगाडि बढ्ने बताए ।

पार्टीका उपसभापति विमलेन्द्र निधी, महामन्त्रीद्वय डा सशाङ्क कोइराला, पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादवलगायतले जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिले दिएको राय सुझावबारे आगामी केन्द्रीय समितिको बैठकमा छलफल गरिने बताए । पार्टीको सङ्गठन विस्तारका लागि राम्रो रायसुझाव आएको भन्दै आगामी दिनमा उक्त रायसुझावलाई समावेश गरेर अगाडि बढ्ने उनीहरुको भनाइ थियो ।

  • १३ असार २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !