नेपाली गीत संगीतलाइ जहाँ रहेर पनि माया गर्ने नेपालीको भिडमा गायीका पुर्णिामा लामाको नयाँ गित “चोखो माया ” सार्वजानिक भएको छ ।
चर्चित गायिका सुमधुर स्वरकी धनी पुर्णिामा लामाको स्वर रहेको उक्त गीतमा कर्ण तिरुवा काजीको शब्द रहेको छ ।
दुर्गा बिरहीको निर्देशन रहेको यस गीतमा सङ्गीत भने दुर्गा बिरहीको रहेको छ ।
आत्म विस्वाश फिल्मस् प्रालिको प्रस्तुतीमा सार्वजनिक उक्त गीतको छायांकन गोपाल कुमार बि। सि र कृष्ण श्रेष्ठको रहेको छ भने सम्पादन पनि गोपालले नै गरेका छन् ।
निकै सुन्दर दृश्यमा छायांकन गरिएको भिडियोमा दिनेस मुस्कान र नुना बि सीको अभिनय रहेको छ ।