नेपाल एसिसी यू-१९ इस्टर्न रिजन क्रिकेट च्याम्पियन

आजभोलि

नेपाल एसिसी यू-१९ इस्टर्न रिजन क्रिकेट च्याम्पियन

एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधीसँगै नेपाल यु–१९ एशिया कपमा छनोट भएको छ ।

नेपालले मलेशियामा मंगलबार सम्पन्न हङकङविरूद्धको फाइनल खेलमा ६ विकेटको जित हात पार्दै उपाधिसँगै एशियाकपमा स्थान पक्का गरेको हो ।

नेपालले उपाधिका लागि हङकङले दिएको ९६ रनको सामान्य लक्ष्यलाई १५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि ओपनर पवन सर्राफ र ऋत गौतमले उत्कृष्ट सुरूवात गर्दै जित दिलाए । उनीहरूले पहिलो विकेटका लागि ६ ओभरमा ५४ रन बनाएका थिए । नेपालले पहिलो विकेटका रूपमा ऋतलाई गुमाएको थियो ।

त्यसपछि पवन र खडकबहादुर बोहराले साझेदारी गर्दै टिमलाई अगाडि बढाए । पवन टिमको स्कोर ७६ रन बनाउँदा ११औं ओभरमा आउट भएका थिए उनले ३६ बलमा ३९ रन बनाएका थिए । त्यसपछि कप्तान रोहित कुमार पौडेल क्रिजमा आए । बोहरा पनि टिमको स्कोर ८० रन बनाउँदा पेभेलियन फर्किएपछि भीम सार्की ब्याटिङका लागि आए ।

उनले पहिलो बलमै चैका प्रहार गर्दै रनको खाता खोले । जितका लागि ३ रन आवश्यक हुँदा कप्तान रोहित आउट भएपछि हरिबहादुर चौहान आएर टिमलाइ जित दिलाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटिएको थियो । हङकङका आठ ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खराब शुरुआत गरेको हङकङले रनको खाता नै नखोली दुई विकेट गुमाएको थियो ।

आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड्दै हङकङको इनिङ्स उकासेका थिए । यस्तै रौनक कपुरले १२ रन जोडे ।

हङकङलाई सस्तैमा समेट्न क्रममा नेपालका सागर ढकाल एक्लैले पाँच विकेट लिए भने कमल सिंह ऐरीले तीन तथा कुशल मल्ल र तिलकराज भण्डारीले एक एक विकेट झारे ।

यसअघि सोमबार भएको सेमिफाइनलमा नेपालले मलेसियालाई सात विकेट र हङकङले सिङ्गापुरलाई डिएल पद्धतिको आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

उक्त प्रतियोगिताको उपाधि विजेता टोली यु–१९ एशिया कपमा छनोट हुनेछन् । एशिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बाङ्गलादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

  • २४ असार २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !